राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

NRB Director Acharya Sacked
NRB Director Acharya Sacked

५ चैत, काठमाण्डौं। 

सहकर्मीमाथि दुर्व्यवहारको आरोपमा राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार आचार्यलाई बर्खास्त गरेकाे निर्णय गभर्नरको कार्यालयलाई पठाएकाे छ । जनशक्ति विभागले निर्णय गरेर नै पठाएको हुँदा आजदेखी नै लागू हुने गरी आचार्यलाई बर्खास्त गरिएकाे हाे ।

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई बर्खास्त गरेको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डिल्लीराम पोखरेलले बताए ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो ।

पुस २७ गते राष्ट्र बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रममा आचार्यले बैंकका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here