नर्भिक अस्पताल अब सातै दिन खुला: बैशाखभरि उपचार र परीक्षणमा १० प्रतिशत विशेष छुट
११ वैशाख, काठमाडौं।
कामको व्यस्तताले गर्दा आफ्नो स्वास्थ्य जाँच गर्न भ्याउनुभएको छैन? वा स्वास्थ्य जाँचकै लागि कार्यालयमा बिदा मागिरहनुपर्ने बाध्यता छ? अब यस्तो समस्याको समाधानका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष पहल सुरु गरेको छ।
कामकाजी व्यक्तिहरूलाई लक्षित गर्दै नर्भिकले अब शनिबार पनि पूर्णकालीन सेवा सञ्चालनमा ल्याएको छ। यसअघि शनिबार आकस्मिक (Emergency) सेवा मात्र उपलब्ध हुने गरेकोमा अब ओपीडी (OPD) लगायतका अन्य महत्वपूर्ण सेवाहरू पनि सुचारु रहने अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (CEO) अजयकुमार मिश्रका अनुसार आगामी बैशाख १२ गते शनिबारदेखि लागू हुने गरी हरेक शनिबार अस्पतालका सबै सेवाहरू खुला रहनेछन्।
यसअघि शनिबारको दिन आकस्मिक (Emergency) सेवा मात्र सञ्चालन गर्दै आएको नर्भिकले अबदेखि विशेषज्ञ डाक्टरको परामर्श, प्रयोगशाला परीक्षण, र इमेजिङ सेवाहरू जस्तै एक्सरे, सिटी स्क्यान तथा एमआरआई पनि शनिबारै उपलब्ध गराउनेछ।
यो नयाँ सेवाको सुरुवातसँगै नर्भिकले बिरामीहरूका लागि विशेष सहुलियतको समेत घोषणा गरेको छ। सिइओ मिश्रका अनुसार शनिबार उपलब्ध हुने यी सेवाहरूमा बैशाख महिनाभरका लागि १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कामकाजी वर्गका लागि ल्याइएको यो सेवाले धेरैलाई समयमै उपचार गराउन र रोगको पहिचान गर्न सहज बनाउने देखिन्छ।
For More:-Norvic Hospital Seven Days


