एनएमबि बैंकको खाता Connect-IPS मा अनलाईन भेरीफाई गर्न सकिने

NMB Bank Self-Verification

१७ जेठ, २०७८ काठमाडौं ।

एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता connect-ips मा link गरी अन्लाईनबाटै self-verify गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ ।

यस सुविधा सँगै बैंकका ग्राहकहरुले connect-ips मा link गरिएको खाता भेरीफाई गर्नका निम्ति बैंकको शाखा पुग्नुपर्ने छैन र अन्लाईनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् ।

हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरु मार्फत पनि फण्ड ट्रान्स्फर तथा अन्य भुक्तानीका निम्ति connect-ips को प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस अन्लाईन सुविधाको थालनीले बैंककाग्राहकहरुलाई हालको लकडाउनको अवस्थामाथप सहजहुने विश्वास गरिएको छ ।

अनलाईनबाट self-verify गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन रु १ लाख तथा प्रति महिना रु १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने connect-ips रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरीफाई गराउनु पर्ने हुन्छ ।

यसरी अनलाईन self-verify गर्ने सुविधा हाल १६ वाणिज्य बैंकहरु, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको छ । connect-ips मा हाल ५४ बैंक वित्तिय संस्था सदस्य रहेका छन् ।

बैंक खाता लिन्क गरी अनलाईन self-verify कसरी गर्ने:

१. connect-IPS मा Link Account भित्र आवश्यक विवरण दखिला गरी खाता लिन्क गर्ने

२. “Manage Account” भित्र लिन्क गरिएको खातामा “Self-Verify Account” मा क्लिक गर्ने

३. रजिष्टर गरिएको मोबाईल नम्बरमा प्राप्त OTP (One Time Password) दखिला गर्ने

४. अन्लाईन लिन्क गर्न खोजिएको खातामा जम्मा भएको दुइवटा रकमहरु Micro Deposit दखिला गरी प्रकृया पूरा गर्ने

५. अब लिन्क गरिएको खातामार्फत मोबाईल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अनलाईन self-verify प्रकृयाको लागि भने ग्राहकले Connect-IPS मा रजिष्टर गरेको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर भने एउटै हुनु पर्ने हुन्छ ।

Self-Verify गरिएकाखाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक वित्तिय संस्थाले उपलब्ध गराएको सीमा फरक हुन सक्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here