नेपाल फिनटेक एक्सपो २०२६: एनएमबि बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सम्झौता
२६ असोज, काठमाडौं।
एनएमबि बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्यापिड टेक प्रा. लि. (Rapid Tech Pvt. Ltd.) सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ।
व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो।
यस सहकार्य पश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाँडै नै आफ्नो बैंकिङ प्रणाली भित्रै रहि रकम भुक्तानी, हिसाब मिलान (Reconciliation), र बैंकिङ कारोबारहरू तुरुन्तै गर्न सक्नेछन्।
त्यसैगरी, साना तथा मझौला ग्राहकहरूले पनि व्यापारिक केन्द्रहरू तथा विभिन्न डिजिटल प्लेटफर्महरूमा अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवाहरू प्राप्त गर्न सक्नेछन्।
निकट भविष्यमा सञ्चालनमा आउने यस सुविधाले अनावश्यक झन्झट हटाई ग्राहकहरूको समय बचत गर्नुका साथै वित्तीय कारोबारलाई अझ सरल बनाउन मद्दत पुर्याउनेछ।
एनएमबि बैंकले हाल देशभरि १९७ शाखाहरू, १३६ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
For More: NMB Bank Rapid Tech

