एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण
१७ भदौ, काठमाडौं।
एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा विद्यार्थीहरूलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।
बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने प्रतिबद्धताअनुसार यो कार्यक्रम आयोजना गरेको हो। यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउने र विद्यार्थीहरूलाई थप प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले एनएमबि बैंकको यस सामाजिक पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए।
एनएमबि बैंकतर्फबाट मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखा प्रबन्धक अरुण आचार्य विशेष उपस्थित थिए। उहाँहरूले आगामी दिनमा पनि बैंकले यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिती रहेको थियो। सबै सहभागीहरूले बैंकको उदाहरणीय कार्यको प्रशंसा गरेका थिए।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ र भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै सामाजिक र जिम्मेवार कार्यक्रम सञ्चालन गर्ने वाचा गरेको छ।
For More:-NMB Bank Educational Donation