एनआईसी एसियामा अब भिडियो कलबाटै केवाईसी अद्यावधिक गर्न सकिने

NIC Asia Video KYC

२ मंसिर २०७९, काठमाडौं।

एनआईसी एसिया बैंकमा भिडियो केवाईसी (भी–केवाईसी) बाटै ग्राहकहरूले विवरण अद्यावधिक गर्न सक्ने भएका छन् । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैँकको वेबसाइट www.nicasiabank.com मा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी e-KYC छनोट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकका कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुवै विकल्प छनौट गरी बुझाउनुपर्नेछ ।

त्यसपछि ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकूल समयमा भिडियो कलमार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भिडियोकलको लागि समय बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्न सक्नेछन् ।

बैंकले यसअघि नै अनलाइन खाता खोल्ने ग्राहकका लागि अनलाइनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ । ग्राहकहरूले भी–केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता–पासपोर्ट–ड्राइभिङ लाइसेन्स र मतदाता परिचयपत्र) तथा सेतो कागज र कालोनीलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त मिडिया कलमार्फत देखाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here