एनआईसी एशिया बैकको कर्जा प्रबाहमा ठगी धन्दा

nic asia loan fraud case

१५ असोज, काठमाडौँ ।

एनआईसी एशिया बैकका कर्मचारीले ऋण लगानी गर्दा ग्राहकसँग सापटी भन्दै रकम ठगी गरेको खुलेको छ। आफूहरु ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा ३ जना पीडितले उजुरी दिएका थिए।

जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाए पनि प्रहरीले पीडित र बैक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले घटना गम्भिर भएकाले अनुसन्धान जारी राखिएको बताएका छन्।

ऋण स्वीकृत र कर्जा प्रबाह गरे बापत एनआईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनी प्राईभेट लिमिटेड चन्द्रपुर-१०, अशोका एग्रिकल्चर दुर्गाभगबती–१ र अम्बे कृषि फर्म चन्द्रपुर–८ का प्रोपाईटरसँंग सापटी भन्दै २ करोड ५ लाख रुपैयाँ ७ महिना अघि लिएपनि फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि उनीहरु प्रहरीको शरणमा पुगेका हुन्।

कर्जा प्रबाह गर्दा सापटी भन्दै लिएको रकम फिर्ता नगरेको सम्बन्धमा एनआईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्तासँग बुझन खोज्दा उनी सम्पर्क बिहीन बनेका छन् ।

कृषि प्रयोजनको लागि माघ अन्तिममा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि एनआईसी एशिया बैक गरुडाका प्रबन्धक गुप्ताले अशोका एग्रिकल्चर दुर्गाभगबती-१ क प्रोपाईटर अशोककुमार साहसँग नौ वटा खाली चेक लिएर ०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्रकुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादबको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीबास्तबको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देबीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट रामबच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएनकुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देबीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो।

साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिन धितो राखेर एनआईसी एशिया बैकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो । स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पुर्ब नै बैक प्रबन्धकले खाली चेक लिएर बिभिन्न ब्यबक्तिको नामबाट ८५ लाख रुपैया लिएको दुखेसो उनको रहेको छ।

यस्तै जयबाबा बैधनाथ एग्रिकल्चर कम्पनी प्राईभेट लिमिटेड चन्द्रपुर–१०को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९ को घर सहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाईटर पुष्पनाथ साहको छोरा राकेश साहसँगको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैकका प्रबन्धक आमोद गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिह राययादबको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ को बाट मनिषादेबी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधबप्रसाद साह कलवारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरीदेबीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ।

अम्बे कृषिफर्म चन्द्रपुर-८ का चेकको विवरण बैकले नदिएको बताइएको छ। एनआईसी एशिया बैक प्रधान कार्यालयका मुख्य गुनासो ब्यबस्थापन अधिकारी अर्जुन राजखनियाँले आफुले यस बिषयमा बोल्न नमिल्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here