एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा
१६ असोज, काठमाडौं।
एन आई सी एशिया बैंकका ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरू अब नेपालमै पहिलो पटक Apple Pay र Google Pay अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्तामार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नुहुने भएको छ।
यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्य सहित बैंकको CyberSource Payment Gateway मा आबद्ध हुनुभएका र हुन चाहने व्यवसायिक ग्राहकहरूले विश्वभर रहेका Apple Pay तथा Google Pay प्रयोगकर्ताबाट आफ्नो ई-कमर्स प्लेटफर्ममार्फत सहज र सुरक्षित रुपमा भुक्तानी स्वीकार गर्न सक्नुहुनेछ।
Apple Pay / Google Pay विश्वव्यापी रुपमा मान्यताप्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन्। जसमा अन्तर्राष्ट्रिय ग्राहक महानुभावहरूले भौतिक रुपमा कार्ड प्रयोग गर्नु Pर्ने झन्झटलाई हटाइ आफ्नो कार्डको विवरणहरूलाई Apple र Google Android मोबाइलमा Tokenize गरेर सरल तरिकाबाट भुक्तानी गर्न सक्नुहुन्छ।
यस सुविधाको उपयोग गर्न विशेषगरी होटल, टurs एण्ड ट्राभल्स, ह्याण्डीक्राफ्ट, एयरलाइन्स, ई-कमर्स, आईटी क्षेत्र जस्ता मर्चेन्ट ग्राहक महानुभावहरूले बैंकको ई-कमर्स पेमेन्ट गेटवे CyberSource मा आबद्ध भई अन्तर्राष्ट्रिय ग्राहकहरूबाट Apple Pay र Google Pay मार्फत भुक्तानी लिन सक्नुहुन्छ।
यस सुविधाले नेपाली व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित Payment experience सुविधा प्रदान गर्न सहयोग पुर्याउनेछ।
विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई-कमर्श, आईटी क्षेत्र, सामान निर्यात गर्ने व्यवसायी लगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपालमै पहिलो पटक सुरु भएको यस भुक्तानी सेवाले भुक्तानी सेवालाई थप सहज र सरल बनाउने, मर्चेन्ट ग्राहक महानुभावहरूको व्यवसायमा टेवा दिने, भुक्तानी सरल र सुरक्षित बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान गर्दै देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ।
For more: NIC ASIA Bank Introduces Google Pay Integration

