एनआईसी एशिया बैंकका खाता कनेक्ट आईपीएसमार्फत अनलाइन भेरिफाइ

NIC ASIA Bank
Share It On:

२२ जेठ, २०७८ काठमाडौं ।

एनआईसी एशिया बैंकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफै भेरिफाइ गर्न सकिने सुविधा ल्याएको छ ।

अनलाइन सुविधा सँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाइ गर्न बैंकको शाखा पुग्नु नपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सकिने जनाइएको छ ।

अनलाइन सेल्फ भेरिफाइ गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन दुई लाख तथा प्रतिमहिना १० लाख रुपैयाँ सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरिफाइ गराउनु पर्ने जनाइएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *