स्मार्ट क्युआर र नेपाल पे क्युआरअब एक आपसमा चल्ने

२५ असार, काठमाडौँ। 

नेपाल पे क्युआर र स्मार्ट क्युआरले नेटवर्क स्तरमा अन्तरआबद्ध सुरु भएको छ ।

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगाएत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो ।

क्युआर भुक्तानीलाई थप प्रवर्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भए संगै नेपाल पे क्यु आर  मार्फत आबद्द भएका  विभिन्न  मोबाइल बेकिंग, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले स्मार्ट क्युआर नेटवर्कमा आबद्ध  सम्पूर्ण दुइ लाख पचास हजार भन्दा बढी  मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन ।

त्यसैगरी स्मार्ट क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ र वालेटका प्रयोगकर्ताहरूले नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। यससँगै स्मार्ट क्युआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे  क्युआर  नेटवर्कमा आबद्द तिन लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन।

ग्राहक तथा व्यवसायी दुवै लाई नेटवर्क पहिचानमा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्र मा टेवा पुर्याउने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here