Nepali News Search Engine narkosi.com Started

काठमाडौ, चैत । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाली न्यूज सर्च ईन्जिनको रुपमा विकास गरिएको नारकोशी डटकम (www.narkosi.com) को औपचारिक रुपमा शुभारम्भ गरेका छन । रिपोर्टर्स क्लब नेपालमा शुक्रवार आयोजित कार्यक्रममा विगत तीन महिनादेखि सञ्चालनमा रहेको उक्त साईटको मन्त्री राईले औपचारिक रुपमा शुभारम्भ गरेका हुन । नारकोशी डटकममा नेपालका सम्पूर्ण समाचारमुलक वेभ साईडहरुमा प्रकाशित सूचनालाई एकीकृत गरेर सुचना  दिईन्छ।

सो साईटको शुभारम्भ गर्दै मन्त्री राईले नारकोशी डटकमले सरकारको सञ्चारमाध्यम अभियानको रूपमा सहयोग गर्ने बिश्वास ब्यक्त गर्दै त्यसबाट सञ्चारक्षेत्रमा देखिएका विकृति रोक्न मद्दत मिल्ने बताए । मन्त्री राईको अनुसार,‘ सञ्चार क्षेत्रकोको अनुगमनकोलागि सरकारले प्रेस काउन्सिलाई साधन स्रोत सम्पन्न बनाउने काम गरिरहेको छ । तर नारकोशी त्यसकोलागि उपयोगी हुन सक्छ । ’ यसैक्रममा  प्रविधिको विकाससँग जोडिएर सम्पन्न नेपाल बनाउन महत्वपूर्ण भूमिका हुने भन्दै सिंगो मुलुकलाई प्रविधिसँग जोडेर डिजिटल नेपाल र पेपरलेस काम बनाउनु पर्ने आवश्यकता औल्याए ।

उक्त कार्यक्रममा सस्थाका  प्रमुख आईटी अफिसर कपिल राज रेग्मीले वेभसाईटको विषयमा बोल्दै आफूहरुको प्रयासले सुचना छिटो प्राप्त गर्ने, सरकारको सञ्चारमाध्यम अनुगमनलाई सहज बनाउने र अनुसन्धान कर्ताहरुलाई सहयोग गर्ने बिश्वास ब्यक्त गरे ।त्यस्तै  बुनेसा ईन्टरनेशनलका सीईओ खिम शर्माले धेरै समाचारमुलक वेभसाईटमा प्रवेश गरेर सूचना लिदा समय र पैसा बर्बाद हुने स्थितिबाट मुक्त गर्ने विश्वास ब्यक्त गरे ।

नारकोशी डटकममा न्यूजको साथै नेपालका सबै अनलाईन एफएम, टेलिभिजन च्यानलहरु पनि हेर्न र सुन्न सकिने गरी विकास गरिएको छ । अष्ट्रेलियामा प्रधान कार्यालय रहेको उक्त सस्थाले यसैवर्ष विश्वका  ५० मुलुकमा आफ्नो कार्यक्रमलाई लन्च गरेर अघि बढाउने योजना बनाएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।