नेपाल टेलिकमको सेवा पुनर्स्थापनाको प्रयास: बाढी र पहिरोको कारण

Nepal Telecom's Services Disrupt
Share It On:

१३ असोज, काठमाडौं । 

नेपालभरीका विभिन्न स्थानहरूमा विगत केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले नेपाल टेलिकमका सेवाहरू अवरुद्ध भएको छ। यस अप्रत्याशित दैवीप्रकोपको कारण कतिपय स्थानहरूमा नेपाल टेलिकमको सेवा ठप्प भएको छ।

Nepal Telecom’s Services Disrupted

कतिपय स्थानका बीटीएस टावरहरू विद्युत आपूर्तिमा अवरोध आएर बन्द भएका छन् भने केही स्थानका ट्रान्समिसन लिंकहरू पनि अवरुद्ध भएका छन्।

प्रतिकूल मौसमका बाबजुद पनि नेपाल टेलिकमले प्राविधिक टोली परिचालन गरी सेवा पुनर्स्थापनाको प्रयास गरिरहेको छ। धेरै स्थानहरूमा फोन र इन्टरनेट सेवा सुचारु भइसकेको छ भने अन्य स्थानमा सेवा पुनःस्थापित गर्ने काम निरन्तर जारी रहेको छ।

नेपाल टेलिकमले यस अप्रत्याशित आपत्तिजनक परिस्थितिका कारण ग्राहकवर्गमा परेको असुविधा प्रति क्षमाप्रार्थी छ। सेवा छिटोभन्दा छिटो पुनःसञ्चालन गर्न कम्पनीले आफ्नो अधिकतम प्रयास गरिरहेको छ।

For more: Nepal Telecom’s Services Disrupted


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *