४ पुस, काठमाडौं।
नेपाल टेलिकमले आफ्नो लोगोको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा गलत सूचना प्रवाह भइरहेको भन्दै आम जनतालाई सचेत रहन आग्रह गरेको छ।
टेलिकमले जारी गरेको विज्ञप्तिमा, ‘नेपाल टेलिकमले क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा ५,००० रूपैयाँ नगद र उपहार प्रदान गरिरहेको छ’ भन्ने झुटा प्रचार भइरहेको जनाइएको छ। यस्ता प्रचार-प्रसार फेसबुक ग्रुप र मेसेन्जरजस्ता सामाजिक सञ्जालमार्फत गरिएको छ।
कम्पनीले यस्ता दाबीहरू पूर्णतः झुटा रहेको भन्दै आफ्नो आधिकारिक जानकारी मात्र ब्लु टिकसहितको फेसबुक पेज, एक्स (ट्विटर), र आधिकारिक वेबसाइटबाट मात्र लिन अनुरोध गरेको छ।
महत्वपूर्ण सुझावहरू:
- कुनै पनि अफर वा सूचना विश्वास गर्नु अघि आधिकारिक स्रोतबाट प्रमाणित गर्नुहोस्।
- नेपाल टेलिकमको आधिकारिक वेबसाइट (www.ntc.net.np) र सामाजिक सञ्जाल पेजहरू मात्र जानकारीको लागि प्रयोग गर्नुहोस्।
- झुटा प्रचार रोक्नका लागि यस्ता सूचना साझा नगर्न र थप सावधानी अपनाउन आग्रह छ।
For more: Nepal Telecom’s Logo misuse