उच्च अदालत तथा जिल्ला अदालतहरुमा नेपाल टेलिकमले विभिन्न दूरसञ्चार सेवाहरु उपलब्ध

Nepal Telecom telecommunication
Share It On:

२० चैत, काठमाण्डौं।

नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच आज ९२०८० चैत्र २१ गते० सम्झौता सम्पन्न भएको हो ।

सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल० र सर्वोच्च अदालतको तर्फबाट सह(रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा Dedicated इन्टरनेट र Dedicated इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा SMS Alert Service र  Pull SMS Service (Short Code) उपलब्ध गराउनेछ ।

हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुनेछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *