बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा तीव्र: १२० मध्ये ११० मोबाइल साइट सुचारु
१६ भदौ, काठमाडौं।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनर्स्थापना कार्यलाई तीव्रता दिँदै थप चार वटा मोबाइल टावर (साइट) सुचारु गरेको छ। मिति २०८३ भाद्र १५ (२०८३/०५/१५) गते रसुवा, धादिङ र नुवाकोटका अवरुद्ध टावरहरू पुनः सञ्चालनमा आएका हुन्।
यससँगै बाढीका कारण प्रभावित भएका कुल १२० मोबाइल साइटमध्ये ११० वटा साइटहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन्।
सुचारु भएका नयाँ टावर तथा लाभान्वित क्षेत्रहरू
रसुवा (जिबजिबे टावर): भोर्ले, चिती, गाइसौरा भोर्ले लगायत नौकुण्ड गाउँपालिका वडा नं. ५ र ६ का विभिन्न स्थानहरू।
रसुवा (सरमथली टावर): यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङ लगायत आसपासका क्षेत्रहरू।
धादिङ (बेनीघाट टावर): बेनीघाट बजार तथा आसपासका क्षेत्रहरू।
नुवाकोट (त्रिशूली बजार टावर): त्रिशूली बजार, ढुंगे तथा आसपासका क्षेत्रहरू।
सम्पर्क विवरण प्रतिक्रिया वा थप जानकारीका लागि:
शाखा: सूचना तथा प्रकाशन शाखा, केन्द्रीय कार्यालय
ठेगाना: भद्रकाली प्लाजा, काठमाडौँ
फोन नम्बर: ०१-४२१०३७८, ०१-४२१०३०२
For more: Nepal Telecom Restores 110 Flood-Damaged Towers

