बाढी प्रभावित रसुवागढी, बेत्रावती र त्रिशूलीमा नेपाल टेलिकमको FTTH सेवा पुनःसञ्चालन (पहिलो चरण सम्पन्न)
२५ भदौ, काठमाडौं।
गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा पुगेको गम्भीर क्षतिपछि मर्मत कार्यलाई तीव्र पारिएको छ। प्राविधिक जनशक्ति र स्रोत-साधनको प्रभावकारी परिचालन गरी टेलिकमले पहिलो चरणको सेवा सुचारु गर्ने कार्य सम्पन्न गरेको छ।
बाढीले पूर्वाधारमा पुर्याएको क्षति
भीषण बाढीले टेलिकमका महत्वपूर्ण भौतिक पूर्वाधारहरू बगाउँदा समग्र सञ्चार सेवा अवरुद्ध हुन पुगेको थियो:
OLT क्षति: २ वटा (रसुवागढीमा १ र बेत्रावतीमा १)
FDC क्षति: ५ वटा (रसुवागढीमा १, बेत्रावतीमा १ र त्रिशूलीमा ३)
फाइबर केबल क्षति: करिब १२८ किलोमिटर Aerial Optical Fiber Cable
प्रभावित ग्राहक: १,५४४ FTTH (फाइबर टु द होम) लाइनहरू
पुनःसञ्चालनको हालको अवस्था
प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित १,५४४ FTTH लाइनमध्ये १,०९३ लाइनहरू पुनःसञ्चालनमा आइसकेका छन्।
बाँकी ४५१ लाइनहरू भौगोलिक अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमैसँग सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ। विषम परिस्थितिमा ग्राहकवर्गले देखाएको धैर्यता र विश्वासका लागि नेपाल टेलिकमले हार्दिक आभार व्यक्त गरेको छ।
For more: Nepal Telecom Restore Phase-1 FTTH Network

