नेपाल टेलिकमको आम्दानी करिब २ अर्ब १६ करोड रुपैयाँ कमी

Nepal Telecom Central Office
Share It On:

३०, साउन २०७७, काठमाडौं

नेपाल टेलिकमको.. २०७६/७७ को चौथो त्रैमासिकको वित्तिय विवरणको सारांशः

१.  गत आ.व. को चौथो त्रैमासिक सम्मको कूल सेवा वापतको आय रु. 36,86,75,83,22 रहेकोमा चालु आ.व. को सोहि अवधि सम्मको कूल सेवा वापतको आयमा ६.२ प्रतिशतले कमी आई रु. 34,57,47,21,595 रहेको ।

२. गत आ.व. को चौथो त्रैमासिक सम्मको कूल आयको तुलनामा चालु आ.व. को सोहि अवधि सम्मको सेवा वापतको आयमा कमी आउनुका कारणहरुः

कम्पनीका सेवाहरु मध्ये Leased Line, FTTH र GSM Data वाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको, तुलनात्मक रुपमा Leased Line र FTTH सेवा कम्पनीका अन्य सेवाहरु भन्दा निकै कम रहेको हुनाले यी सेवाबाट हुने राजश्वले अन्य सेवाबाट हुने राजश्वको कमीलाई परिपूर्ति गर्न नसक्ने। मुलुक भित्र लगायत विश्वव्यापी रुपमा Covid-19 को महामारीको प्रत्यक्ष असरबाट सेवा प्रयोगमा आएको उच्च गिरावटले गर्दा अघिल्लो बर्षको चौथो त्रैमासिक सम्मको तुलनामा चालु आ.व.को सोहि त्रैमासिक सम्म कम्पनीको सेवाबाट प्राप्त हुने राजश्व रु. दुई अर्व २९ करोड २८ लाखले न्यून हुन गएको ।

कम्पनीले रिचार्ज कार्डको विक्रीमा मिति २०७५/१२/१ देखि कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको। कूल विक्रीलाई हिसाब गरिसके पछि कमिसन प्रदान गरिने तर डिस्काउन्ट रिचार्ज कार्ड विक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले सेवा वापतको आय घटेको । गत आ.व. को तुलनामा चालु आ.व. मा उक्त डिस्काउन्ट रकम रु. ७९ करोड ३१ लाख ९१ हजार ले वृद्धि भएको। गत आ.व.को चौथो त्रैमासिक सम्मको तुलना गर्दा डिस्काउन्ट रकम जोड्नुपर्ने र यसरी जोड्दा राजश्वमा ३.९ प्रतिशतले कमी हुने ।

4G सेवाको विस्तारको कारणले आ.व. २०७६/७७ को तेस्रो त्रैमासिक अवधिको मध्येवाट राजश्व वृद्धि उन्मुख रहेकोमा मुलुक भित्र लगायत विश्वव्यापी रुपमा Covid-19 को महामारीको प्रत्यक्ष असरले गर्दा अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्य सेवामा आएको उच्च गिरावट, OTT को  वढ्दो प्रयोग जस्ता कारणहरुले गर्दा GSM तथा PSTN Voice सेवामा करिव रु २ अर्व १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिव रु ५४ करोडको कमी भएको तथा Data सेवा तर्फ करिव रु ७५ करोड वृद्धि भएको। यी कारणहरुले गर्दा गत आ.व.को चौथो त्रैमासिक अवधिको तुलनामा यस आ.व. को चौथो त्रैमासिक अवधिमा राजश्वमा  करिव १५ प्रतिशत (रु एक अर्ब ९५ करोड) ले गिरावट आएको ।

Covid-19 महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउन चालु आ.व.को चौथो त्रैमासिकमा पनि निरन्तर रहेको हुनाले व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको । सेवाको उपयोगमा आएको कमीले कम्पनीको राजस्वमा परेको नकारात्मक असरका अलावा महामारी र लकडाउनको समयमा कम्पनीका ग्राहकवर्गलाई कम्पनीका सेवा उपयोग गर्न समस्या नहोस् भन्ने हेतुले कम्पनीले Top-Up मा शतप्रतिशत बोनस वापत रु. ५३ करोड ४० लाखभन्दा बढि, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिई रु. २२ करोड ८३ लाखभन्दा बढि तथा  zero value call  वापत रु. ५  करोड ३० लाख भन्दा बढिको निःशुल्क सेवा दिएको हुनाले राजश्वमा प्रत्यक्ष असर गरेको ।

Covid-19 महामारीसंग सम्बन्धित रहेर नेपाल सरकारका निकायहरुको निर्देशन तथा नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा कम्पनीले निःशुल्क विभिन्न सेवा सुविधाहरु उपलव्ध गराएको। साथै, नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १० करोड योगदान गरेको ।

उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, विजुली आदिको खर्चमा भएको वृद्धि, कर्मचारीको तलव वृद्धि, कर्मचारीलाई उपलव्ध गराइएको ऋण आदिको कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *