नेपाल टेलिकमले महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था
नेपाल टेलिकमले आफ्ना विभिन्न सेवा प्रयोग गरेबापत महशुल तिर्न बाँकी रहेका ग्राहकहरूका लागि विशेष जरिवाना छुटको घोषणा गरेको छ।
नेपाल टेलिकमद्वारा जारी सूचनाअनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८३ पौष मसान्तभित्र भुक्तानी गरेमा त्यसमा लाग्ने सम्पूर्ण जरिवाना पूर्ण रूपमा छुट दिइनेछ। कम्पनीले सम्बन्धित सबै ग्राहकहरूलाई आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राखी यो सुवर्ण अवसरको भरपुर सदुपयोग गर्न अनुरोध गरेको छ।
तोकिएको यो समयसीमाभित्र पनि बक्यौता रकम नतिर्ने ग्राहकहरूको हकमा भने टेलिकमले कडा कदम चाल्ने भएको छ। बक्यौता नतिर्ने ग्राहकहरूको नाम र विवरणसहितको सूचना आधिकारिक वेबसाइट तथा राष्ट्रिय पत्रिकामार्फत सार्वजनिक गरी कानुनी प्रक्रियामार्फत असुलीको प्रक्रिया अगाडि बढाइने कम्पनीले स्पष्ट पारेको छ।
टेलिकमका विभिन्न सेवाहरूको उपभोग गरी हालसम्म महशुल बुझाउन बाँकी रहेका ग्राहकहरूले यस छुटको लाभ उठाउँदै थप जरिवाना तथा कानुनी झन्झटबाट बच्न यो सुनौलो मौकाको रूपमा लिइएको छ।
For More: Nepal Telecom Pending Dues

