नेपाल टेलिकमद्वारा संविधान दिवस अफर सार्वजनिक

Share It On:

२ असोज, काठमाडौं ।

संविधान दिवस २०८१ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विशेष संविधान दिवस अफर सार्वजनिक गरेको छ। यो अफर आज असोज २ देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागू हुनेछ।

Nepal Telecom Constitution Offer 2081

यस अफर अन्तर्गत, रु. ४९ मा एक दिनको लागि १ एमबीपीएस स्पीडमा अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र १०० मिनेट अन नेट भ्वाइस सुविधा उपलब्ध हुनेछ।

त्यसैगरी, डाटा प्याकेजमा विभिन्न विकल्पहरू रहेका छन्:

  • रु. १११ मा ५ दिनको लागि ६ जीबी डाटा
  • रु. १९९ मा ७ दिनको लागि १३ जीबी डाटा
  • रु. २९९ मा १२ दिनको लागि २० जीबी डाटा
  • रु. ३९९ मा १५ दिनको लागि ३० जीबी डाटा

यस्तै, फेस्टिभ कम्बो प्याक रु. ७८९ मा उपलब्ध छ। यसमा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस२०० अल नेट एसएमएस सुविधा समावेश गरिएको छ। प्रिपेड प्रयोगकर्ताका लागि यो प्याकेज २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनको लागि मान्य हुनेछ। पोस्टपेड प्रयोगकर्ताहरूले यस प्याकेज लिँदा मासिक रेन्टल चार्जबाटै यो शुल्क कटौती गर्ने सुविधा पाउनेछन्।

ग्राहकहरूले यी प्याकेजहरू आफ्नो मोबाइलबाट 14156# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरी असोज ४ सम्म खरिद गर्न सक्नेछन्।

For more: Nepal Telecom Constitution Offer 2081

Nepal Telecom Constitution Day Offers


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *