नेपाल र श्रीलंका बीच क्रस–बोर्डर मोबाइल भुक्तानीको सुरुवात
३० वैशाख, काठमाडौं।
अन्तर देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको LankaPay र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच क्रस–बोर्डर QR भुक्तानीको थालनी भएको छ ।
उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरुले connectIPS वा अन्य मोबाईल बैंकिङ्ग एप मार्फत श्रीलंकामा रहेका ४००,००० भन्दा बढी LankaQR मर्चेन्टहरु मा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ श्रीलंका, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, लन्कापे तथा दुवै देशहरुका सहभागी बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिहरुको उपस्थितिमा औपचरिक रुपमा क्रस–बोर्डर भुक्तानीको शुरुवात भएको संयूक्त रुपमा घोषणा गरिएको हो ।
यस सुरूवातलाई दक्षिण एशियाली देशहरु बीचको डिजिटल भुक्तानीको क्षेत्रीय अन्तरआबद्धताको लागि एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । यसले सुरक्षित, रियल टाइम तथा अन्तरआबद्ध माध्यमहरु प्रदान गर्दै दुइ देश बीच भुक्तानी ecosystem लाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
नेपाल र श्रीलंका बीच दीर्घकालीन ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको छ । दुइ देश बीचको बढ्दो पर्यटन तथा व्यापारिक आदान प्रदानले यस सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।
हाल थालनी गरिएको यस क्रस–बोर्डर भुक्तानीको व्यवस्थाले पर्यटक र व्यापारिक भ्रमणको अनुभवलाई सहज, सुरक्षित र नगदरहित भुक्तानीको विकल्प प्रदान गरेर थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाल र श्रीलंकाका राष्ट्रिय भुक्तानी पूर्वाधार बीचको अन्तर आबद्धताले साना तथा मध्यस्मस्तरीय उद्यमहरुलाई समेत अन्तराष्ट्रिय ग्राहकहरु सम्मको पहुँच दिने नयाँ अवसर सृजना गरेको छ ।
यस व्यवस्था अनुसार, नेपाली प्रयोगकर्ताहरुले नेपालका हाल सहभागी डिजिटल भुक्तानी एपहरु मार्फत श्रीलंकामाLankaQR scan भुक्तानी गर्न सक्ने छन् ।
यस्ता भुक्तानीहरु राष्ट्रिय स्तरका सुरक्षित भुक्तानी प्रणाली मार्फत हुने भएकाले भुक्तानी कर्ता तथा मर्चेन्टका लागी सुरक्षित र सहज भुक्तानीको माध्यमको रुपमा उपलब्ध हुने छ ।
यो सेवा प्रारम्भिक चरणमा Laxmi Sunrise Bank ले issuer Bank को रुपमा सुरू गरेको छ, जस अनुसारLaxmi Sunrise Bank द्वारा जारी गरिएका dollar card/instrument हरु connectIPS App सँग link गरी श्रीलंकामा QR भुक्तानी गर्न सकिने छ ।
आगामी दिनमा अन्य mobile banking app हरुमा पनि यो सुविधा थप गरिने छ, जसले श्रीलंका यात्राका क्रममा आवश्यक भुक्तानीलाई सहजीकरण गर्ने छ ।
क्रस–बोर्डर QR भुक्तानीको यस व्यवस्थाले दुबै देशको डिजिटल वित्तीय सेवाहरूलाई समावेशी बनाउने , क्षेत्रीय भुक्तानीलाई अन्तर आबद्ध गर्ने तथा आधुनिक भुक्तानी प्रणालीहरुको स्वीकार्यतालाई बढाउने साझा उद्देश्यलाई दर्शाएको छ ।
दुई राष्ट्रिय भुक्तानी इकोसिस्टमहरूलाई जोड्ने यस पहलले पर्यटन, व्यापार तथा दुबै देशका नागरिक बीच सहज भुक्तानी गर्न सकिने व्यवस्थालाई सहजिकरण गर्ने अपेक्षा गरिएको छ ।
एनसीएचएलको बारेमा
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरुले विभिन्न राष्ट्रिय भुक्तानी सिस्टम कार्यान्वयन र सञ्चालन गर्ने उद्देश्य सहित स्थापना भएको कम्पनी हो ।
हाल एनसीएचएलले इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आईपीएस, रिटेल पेमेन्ट स्वीच, कनेक्टआरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस, कनेक्टआईपीएस, कर्पोरेटपे, नेशनल पेमेन्ट स्वीच, नेपालपे क्युआर, नेपालपे कार्ड, इएफटि स्वीच तथा क्रस बोर्डर भुक्तानीका लागि NPIx सहित १० भन्दा बढी राष्ट्रिय स्तरका विभिन्न डिजिटल पेमेन्ट पूर्वाधार स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
एनसीएचएलले Alipay+ सँगको सहकार्यमा १७ भन्दा बढि अन्तर राष्ट्रिय भुक्तानी एपहरुबाट विदेशी पर्यटकहरु मार्फत NEPALPAY QR मा आबद्ध १४ लाख भन्दा बढि मर्चेन्टहरुले भुक्तानी प्राप्त गर्ने सुविधा प्रदान गर्दै आएको छ ।
LankaPay का बारेमा
सन् २००२ मा श्रीलंकाको अन्तर–बैंक चेक क्लियरिङ्ग संस्थाको रूपमा स्थापना गरिएको LankaPay विकसित हुँदै आज श्रीलंकाको राष्ट्रिय भुक्तानी सञ्जाल सञ्चालन गर्ने संस्थाको रूपमा स्थापित भएको छ, जसले श्रीलंकाको डिजिटल भुक्तानी प्रणालीको एक महत्वपूर्ण आधारस्तम्भको रूपमा कार्य गर्दै आएको छ ।
सेन्ट्रल बैंक अफ श्रीलंका तथा सार्वजनिक एवं निजी क्षेत्रका बैंकहरूको प्रवद्र्धनमा स्थापना भएकोLankaPay ले देशभर सुरक्षित, भरपर्दो तथा प्रभावकारी विद्युतीय भुक्तानी सेवा प्रवाह गर्न चेक क्लियरिङ्ग, अन्तर बैंक पेमेन्ट सिस्टम (SLIPS), EFT switch, national card, LankaQR लगायतका प्रणाली सञ्चालन गर्दै क्रस बोर्डर भुक्तानीका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
आधुनिक तथा अन्तरआबद्ध भुक्तानी पूर्वाधार मार्फत डिजिटल भुक्तानी प्रवद्र्धन गर्दै वित्तीय रूपमा जोडिएको समाज निर्माण गर्ने LankaPay को प्रतिबद्धता अनुसार श्रीलंकाको राष्ट्रिय QR भुक्तानी,LankaQR समेतको कारोबार, LankaPay को भुक्तानी सञ्जाल मार्फत सञ्चालन हुँदै आएको छ ।
For More:-Cross-border QR payment Nepal


