ईतिहास रच्दै नेपलकाे लिपुलेक, कालापानी

Khanal Krishna

मंगलबार, जेठ १३, २०७७

“लिपुलेक, कालापानी हाम्रै हाे” भन्दै विगतमा कैयन नेपालीहरु आन्दोलित भए। काेहि विभिन्न राजनैतिक झण्डा वाेकेर सहिद भए भने काेहि चेतनाका आधारमा कालापानी नेपाल हाे भन्दै लेखे वाेले। कालापानी, लिपुलेक हाम्रै हाे भन्दै नेपालमा पार्टीहरु जन्मिए, गर्जिए।
आफ्नो भू-भाग समेटिएको पूर्ण नेपालकाे नक्सा प्रकाशन गर्न सरकारलाई कसले राेक्याे छेक्याे भनी राजनैतिक धम्कीपूर्ण गफ गर्नेहरुलाई सरकारले आफ्नो अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक कालापानी सहितको नक्सा प्रकाशन गरि काम दिएकाे छ। आमसचेत नेपालीलाई मात्र नभै सँसारका सवै सचेत मानिसहरुलाई थाहा छ कि नक्सा प्रकाशन गरेकै भरमा नेपालले अतिक्रमित भूमि सजिलै पाउनेवाला छैन। नेपालले परापूर्वकाल देखि उक्तभूमी नेपाल र नेपालीकै रहेकाे सवुत प्रमाणहरु सहित तथ्य, वार्ता र विधि मार्फत भारत सहित विश्वसामु जवर्जस्त विषय प्रवेश गर्नुपर्नेछ। जगजाहेर याे छ कि आफ्नो भूमि फिर्ता गर्ने क्रममा भारतसँग अनेकन कष्टपूर्ण परिस्थितिकाे सामना गर्नुपर्ने नै छ,नेपालले।
व्रिटिशसँग भएकाे सन्धिका बखत नै नेपाल र भरतकाे सिमाना महाकाली नदि हाे भनी लेखिएको तथ्य काे आधारमा टेकेर गरिएको सन् 1816 काे सुगाैली सन्धिमानै नेपालकाे पश्चिम सिमाना महाकाली नदि हुनेछ भनिएकाे प्रमाणहरु र त्यसैकाे आधारमा भारतले नै पटकपटक प्रकाशन गरेकाे नक्साहरुले समेत कालापानी लगाएतका भूभाग नेपाल पट्टिकाे रहेकाे प्रमाणले देखाउँछ।
२०३२ सालसम्म नेपालकै नक्सामा समेटिनुका साथै २०१७ सालकाे जनगणनामा करिब १७०० जनसंख्या रहेकाे, त्यस क्षेत्रका वासिन्दाहरुले नेपाली चुनावहरुमा मतदानमा सामेल भएकाे स-प्रमाण पेशगर्ने जिवितै रहनुभएका प्रमाणधारीहरु रहनुभएकाे आजकाे दिनसम्म पनि के कति र कसकाे कारणले २०३२ सालमा एकाएक कालापानी लगाएतका यी नेपाली भू-भाग नेपाली नक्सावाट हट्नपुग्याे विश्वासिलो कैफियत फेलापरिसकेकाे छैन। आउने दिनले यसकाे पनि छिनाेफानाे गर्नुपर्ने छ।
भारतकै कुमाउ प्रदेशले सन् 1819 मा जारी गरेकोे नक्सामा नै प्रष्ट रुपमा लिम्पियाधुरा नेपाल पट्टी रहेको प्रमाण मात्रै नभै सर्भे अफ ईन्डियाले सन् 1826मा जारी गरेकाे नक्सा मा समेत लिम्पियाधुरा कालापानी लगाएतकाे भूभाग नेपालमै पर्दछ। मार्च 4 सन् 1816 मा भएकाे सुगाैली सन्धिकाे दाश्राे पेजमा कालीनदी भन्दा पूर्वकाे भू-भाग नेपालकाे हुनेछ भनी लेखिएको भारतकाे पश्चिम प्रदेशले जारी गरेकाे नक्सामा समेत लिम्पियाधुरा नेपाल पट्टीनै रहेकाे जानकारहरु वताउँछन् ।
भारतकाे विस्तारवादी तथा हेपाहा प्रवृत्तिवाट आजित नेपालीहरुकाे प्रवृत्तिगत भारत विराेधी जनमतलाई जब भारतले कार्तिक महिनामा अचानक लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतीय नक्सामन समेट्दै नक्सा प्रकाशननै गर्नपुग्याे तब नेपाली काे आफ्नो अतिक्रमित भूमि प्रतिकाे माेह तेजले जाग्याे। भारतले नेपाली भूमिमा सन् 2005 वाटै निर्माण शुरुुगरि करिव २२ किलाे मिटर वाटाे निर्माण गरि औपचारिक उद्घाटन नै गरेपछि भने राष्ट्रियताकाे नेपाली माहाेल ह्वात्तै वढेकाे मात्रै छैन कि अब अतिक्रमित भूभाग नेपालकाे रहेकाे प्रमाणहरु जुटाउदै अघि वढ्नु पर्ने दायित्व, कर्तव्य र चुनाैती आईपरेको छ। ईतिहासले दिएकाे नेकपा काे के पि वलीले नेतृत्व गरेकाे नेपालकाे सरकारले २०१५ सालकाे मतदान, २०१८ सालकाे जनगणनन, देखि विभिन्न समयमा जारी गरिएको कुटनैतिक नाेटहरु र विभिन्न समयमा प्रकाशित नक्साहरुकाे प्रमाणकाे वलमा सवै नेपाली चेतना र विचार र वादलाई राष्ट्रिय एकताको याे परिवेशमा एकतावद्द पार्दै अधिकारकाे लडाइँकाे आँधीवेहरीकाे श्रृजना गर्नु जरुरी छ।

( कृष्णप्रसाद खनाल ,भरतपुर-चितवन
स्नातकोत्तर , समाज विज्ञान टि,यु,)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here