नेपाल प्रिमियर लिग: एक्स्ट्रिम म्यान अफ द म्याचले पाउनेछन् चाँदीको बल, शेर मल्ल बने पहिलो विजेता
११ कात्तिक, काठमाडौं।
नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्न ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क’ले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ। ८ मध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्स्ट्रिमले खेलाडीको व्यक्तिगत कौशल र मेहनतलाई प्रोत्साहन गर्न यो पहल सुरु गरेको हो। सुदूरपश्चिम रोयल्सका शेर मल्ल यो चाँदीको बल जित्ने पहिलो खेलाडी बनेका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्न एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ । खेलाडीको व्यक्तिगत कौशल, मेहनत र प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले उक्त पहल अघि बढाएको हो ।
आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिने कम्पनीले जनाएको छ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच खेल हुँदा भने दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले उक्त पुरस्कार प्राप्त गर्नेछन् ।
यस व्यवस्थाले खेलको जित र हारसँगै व्यक्तिगत प्रदर्शनलाई समेत महत्त्व दिने अपेक्षा गरिएको छ । टोलीको नतिजा जे भए पनि मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको हो ।
एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कार वितरण सुरु भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।
खेलाडीको प्रदर्शनलाई सम्मान गर्दै उनीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास गर्न यो पहलले सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, एनपीएलको रोमाञ्च बढाउनुका साथै नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण र समर्थकको उत्साह थप अभिवृद्धि गर्नसमेत यसले भूमिका खेल्ने विश्वास गरिएको छ ।
एनपीएलमा चाँदीको बल पुरस्कारको सुरुवातसँगै खेलाडीका लागि उत्कृष्ट प्रदर्शनमार्फत व्यक्तिगत पहिचान स्थापित गर्ने थप अवसर सिर्जना भएको छ । यसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोचक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
For more: Nepal Premier League Silver Ball Award

