एनसीएचएल र नेपाल पेमेन्ट सोलुसनबीच सहकार्यता

nchl with nepal payment solutions

कात्तिक ४, २०७७, काठमाडौं ।

नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपाल क्लियरिङ् हाउसबीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात् एनपिएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आईपीएस तथा कनेक्ट आइपीएस प्रणाली मार्फत भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ ।

त्यसै आगामी दिनमा एनसीएचएलले एनपिएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्ने जनाइएको छ । एनपिएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमति पत्र प्राप्त संस्था हुन् । यसरी दुई पीएसओ बीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो । यसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तरबद्धता स्थापनाका लागि बाटो खुल्ला हुने विश्वास उनीहरुको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here