नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
२ असोज, काठमाडौं।
नेपाल मेडिकल काउन्सिलमा पाँचजना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।
नवनियुक्त सदस्यहरूमा डा. गोपालकुमार चौधरी, डा. प्रतिभा विष्ट रोका, डा. श्यामेन्द्रबहादुर सिंह, डा. बोधविक्रम कार्की र डा. सुभित मास्के छन्।
नियुक्तिपछि उनीहरूले काउन्सिल सदस्यका रूपमा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।
For More: Nepal Medical Council Members Appointed

