नेपाल लाइफ पाठशाला: बीमा सेवा र सिकाई एउटै प्लेटफर्ममा

Nepal Life Insurance Pathshala
Share It On:

१२ कात्तिक, काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम “नेपाल लाइफ पाठशाला” सुरु गरेको छ। यसले बीमा अभिकर्तालाई घरमै बसेर तालिम लिन सजिलो बनाउँदै बीमा सेवामा इनोभेशन ल्याउने उद्देश्य राखेको छ।

Nepal Life Insurance Pathshala 2081

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण गरेका हुन् ।

यस प्लयाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरु थालनी गर्ने बताए ।

उनले निकट भविष्यमा नै बीमाको महत्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लयाटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि बताए ।

सोही अवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बीमा योजना अन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि आग्रह गरे ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर बीमा सेवालाई सहज, सरल चुस्त र दुरुस्त बनाउने पथमा कम्पनी लम्की रहेको बताए ।

कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताइन् ।

तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लयाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिए । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए ।

For more: Nepal Life Insurance Pathshala 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *