चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको नेतृत्व: ४ जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोगको अनुमति
१२ माघ, काठमाडौँ ।
“नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवम् गृह मन्त्री ओमप्रकाश अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्षको रुपमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी यस अघि जनक राज शर्माले सम्हाल्दै आएका थिए । तत्कालिन अध्यक्ष शरद ओझाको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण सरकारले नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया समेत बिचमै रोक्नु परेको छ ।
सोही बैठकले सुटि खोला, तामाकोशी पाँचौ, माथिल्लो संखुवासभा र सेती खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने लगायतका महत्वपूर्ण पूर्वाधार विकासका निर्णयहरू समेत गरेको छ।
For more: Nepal Insurance Authority Chairperson Chandrakala



