शासकीय सुधारमा स्वास्थ्य मन्त्रालयको तीव्र प्रगति : २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन
३ वैशाख, काठमाण्डौ।
नेपाल सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन ल्याएको छ । मन्त्रालयले ३० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निःशुल्क स्वास्थ्य पोर्टल २० दिनमै सञ्चालनमा ल्याएर हो ।
उक्त पोर्टलमार्फत विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । हालसम्म १५ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रणालीमा समावेश गरिसकेका छन् ।
मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२ लाग’ गर्दै सेवा गुणस्तर उकास्ने पहल गरेको छ । देशभरका ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारी उपस्थिति र गुनासो व्यवस्थापनका लागि फोकल पर्सन तोकिएको छ ।
जलनका बिरामीको प्रभावकारी उपचार सुनिश्चित गर्न ९ संघीय र १४ प्रादेशिक गरी २३ वटा अस्पतालमा सेवा सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।
For More:-Nepal Free Health Portal


