अब बैंकहरुले मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने

Treasury Bills in Nepal
Monetary Policy

२५ वैशाख, काठमाडौं। 

अब बैंक तथा वित्तीय संस्थाहरुले मासिक रुपमा ऋणकाे ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जाको ब्याजदर मासिक रुपमा परिवर्तन गर्नुपर्ने  निर्देशन जारी गरेको छ ।

“कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ ,” राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ।

हालसम्म बैंकहरुले कर्जाको ब्याजदर त्रैमासिक रुपमा कायम हुने आधार दरको आधारमा मात्रै घटबढ् गर्ने गरेका थिए। तर केन्द्रिय बैंकको यो निर्देशनपछि बैंकहरुले अब पछिल्लो ३ महिनाको औषत आधार दरको हिसाबमा ब्याजदर घट्बढ् गर्नुपर्ने भएको छ।

तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपर्ने केन्द्रिय बैंकले जनाएको छ।

परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजतपत्रप्राप्त संस्थाको कोर बैंकिङ्ग सिस्टम मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्नेछ ।

जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँग सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै राष्ट्र बैंकले मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here