नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच स्वास्थ्य सेवा शुल्कमा १० प्रतिशत छुट दिने सम्झौता
२० पुष २०८२, काठमाडौं ।
नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड र काठमाडौंको चावहिलस्थित मेडिकेयर हस्पिटलबीच स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा एक महत्त्वपूर्ण सम्झौता भएको छ ।
दुई संस्थाबीच भएको यस समझदारीले नेपाली बैंकिङ क्षेत्रका कर्मचारी तथा ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहुलियत दरमा पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
गत शुक्रबार सम्पन्न सम्झौता अनुसार बैंकका कर्मचारी, उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, क्रेडिट कार्ड होल्डरहरू र बैंकका अवकाश प्राप्त कर्मचारीहरूले यो सुविधा प्राप्त गर्नेछन् ।
सम्झौता बमोजिम उल्लेखित व्यक्तिहरूले मेडिकेयर हस्पिटलमा उपचार गराउँदा लाग्ने कुल बिल रकममा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटलका तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गर्नुभएको थियो ।
यो सहकार्यले बैंकसँग आबद्ध रहेका व्यक्तिहरूलाई आकस्मिक तथा नियमित उपचारका क्रममा आर्थिक भार कम गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरूको हितलाई ध्यानमा राख्दै विभिन्न संस्थाहरूसँग यस्ता सहुलियतपूर्ण सम्झौताहरू गर्दै आएको छ ।
यस पछिल्लो सम्झौताबाट बैंकमा कार्यरत जनशक्ति र खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटलको आधुनिक स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।
For more: Nepal Bank Partner Medicare Hospital



