नेपाल बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा छुट

Nepal Bank customers Purchase Daraz
Share It On:

१० असोज, काठमाडौं । 

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बिच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरुलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

 Nepal Bank customers Daraz Purchase

नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १०% वा अधिकतम रु १,५०० सम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५% वा अधिकतम रु २,००० बराबरकोे छुट प्राप्त गर्न सकिनेछ ।

छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्पर्क गरि ग्राहकहरुले आफ्नो कार्डमा इकमर्स समावेश गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ-कमर्स समावेश गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । बैङ्कले यो योजना २०८१ साल असोज ११ गते देखि २०८१ साल असोज २१ सम्म लागू हुने बैङ्कले  जनाएको छ ।

For More:- Nepal Bank customers Daraz Purchase


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *