नेपाल बैंकको नाडा अटो शो २०२६ विशेष अटो लोन अफर: आधार दरमा ०.४९% मात्रै थप ब्याजदर
६ भदौ, काठमाडौं।
नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै सस्तो ब्याजदर, छुट सेवा शुल्क र नि:शुल्क क्रेडिट कार्डसहित आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ।
नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै विशेष अटो लोन योजना ल्याएको छ। सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज र प्रतिस्पर्धी वित्तीय सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो योजना सार्वजनिक गरेको हो।
योजनाका मुख्य विशेषताहरू:
प्रतियोगी ब्याजदर: बैंकको आधार दर (Base Rate) मा ०.४९ प्रतिशत मात्र थप गरी कर्जा उपलब्ध गराइने।
सवारी साधनका प्रकार: विद्युतीय (EV) तथा अन्य सबै प्रकारका नयाँ निजी र व्यावसायिक सवारी साधनका लागि लागू।
प्रशासनिक शुल्कमा छूट: कर्जा सेवा शुल्क (Administrative Fee) मा छुट दिँदै मात्र ०.५ प्रतिशत कायम गरिएको।
नि:शुल्क क्रेडिट कार्ड: अटो लोन लिने ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने गरी रु. ३ लाखसम्मको ‘लाइफटाइम फ्री’ क्रेडिट कार्ड सुविधा।
नेपाल बैंकले नाडा अटो शोमा सहभागी हुने ग्राहक तथा आम सर्वसाधारणलाई नजिकैको शाखा वा अटो शो स्टलमा गई वित्तीय सेवा तथा सवारी कर्जाबारे जानकारी लिन अनुरोध गरेको छ।
For more: Nepal Bank Auto Loan offers

