नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक
११ कात्तिक, काठमाडौं।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो। उक्त घर कर्जा योजना अन्तर्गत ग्राहकले घर खरीद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन्।
आधार दरमा शून्य दशमलव पाँच प्रतिशत (०.५%) प्रिमियम ब्याजदरबाट प्रारम्भ हुने यो कर्जाको अवधि अधिकतम २५ वर्ष सम्म हुनेछ जसमा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ। यो कर्जा लिने ग्राहकले बैंकबाट रु ५ लाख सम्मको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्।
यो घर कर्जा सुविधा योजनाको अवधि २०८३ कात्तिक १५ गते देखि २०८३ माघ १५ सम्म जम्मा ९० दिन सम्मका लागि रहने छ। नेपाल बैंक लिमिटेड यही कात्तिक ३० गते सोमबार ९० औं वर्षमा प्रवेश गर्दैछ।
नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालभर २३१ शाखाहरु, २५० ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैंकिङ्ग सेवा पुर्याइरहेको छ।
बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ।
For More: Nepal Bank home loan

