नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार

NEC Kaleidoscope 2024
Share It On:

११ असोज, काठमाडौं ।

 नेपाल इन्जिनियरिङ कलेज (नेक) को एसियन पेन्टस क्यालिडोस्कोप २०२४ सम्पन्न भएको छ । कलेजमा आज आयोजित कार्यक्रममा क्यालिडोस्कोप २०२४ का विजेताहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरियो ।

NEC’s Kaleidoscope 2024

कलेजको आर्किटेक्ट विभाग र १८ औं ब्याच आर्किटेक्चरद्वारा आयोजित क्यालिडोस्कोप २०२४ प्रतियोगितामा विपास्ना कंशाकार विजयी हुँदै नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिताको फस्ट रनरअफ सगुन कोइराला भए । उनले २५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् ।

श्रुतिका शाक्य सेकेण्ड रनरअप हुँदै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल हुँदा अर्का विद्यार्थी आवाज गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे ।

क्यालिडोस्कोपमा आर्किटेक्चरका विद्यार्थीहरुले १ महिना लगाएर विभिन्न डिजाइनहरु गर्ने गर्दछन् । ती डिजाइनहरु मध्येबाट निर्णायक कमिटीले उत्कृष्ट डिजाइन छनौट गर्दछन् । यो पटकको प्रतिष्पर्धामा कलेजका १८ औं ब्याच आर्किटेक्ट विभागका विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै कलेजका आर्किटेक्ट विभागका विभागिय प्रमुख एशोसिएट प्रोफेसर अनिल रेग्मीले आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीहरुले हासिल गरेका ज्ञान र सीपलाई उजागर गर्न क्यालिडोस्कोप महत्वपूर्ण प्लेटफर्म बनेको बताए । प्रतिष्पर्धालाई अझ निष्पक्ष र पारदर्शी बनाउँदै अधिकतम विद्यार्थीहरुको सहभागीता हुन सक्ने बनाइनु पर्नेमा जोड दिँदै विभागीय प्रमुख रेग्मीले कलेजको तर्फबाट प्रतियोगितालाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।

नेक प्रशासन प्रमुख श्रीमा शर्माले विजयी विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यार्थीले हासिल गरेको ज्ञान र सीपलाई उजागर गर्न यस्ता प्रतियोगिताहरु महत्वपूर्ण हुने बताउँदै कलेज प्रशासन सदैव विद्यार्थीको हितमा रहने बताइन् ।

विद्यार्थी कल्याण शाखाका सचिब विष्णु प्रसाद भण्डारीले विद्यार्थीले तयार पारेको सृजनाहरुलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने योजना बनाइरहेको बताए । प्रतिष्पर्धामा सहभागी हुँदै गएपछि मात्र विद्यार्थीहरुले सफलता प्राप्त गर्ने भन्दै प्रतियोगिताले विद्यार्थीहरुमा थप उर्जा मिलेको बताए।

एसियन पेन्टस् क्यालिडोस्कोपकी कार्यक्रम संयोजक असिस्टेन्ट प्रोफेसर रुजुला ताम्राकारले कलेजका क्यालिडोस्कोपको १२ औं संस्करण सम्पन्न भएको जानकारी दिँदै कलेजबाट उत्कृष्ट ५ जना विजयी विद्यार्थीहरुले अब कलेज स्तरीय प्रतिष्पर्धामा भाग लिन जाने बताइन् । उनले प्रतियोगिताले विद्यार्थीहरुको पढाई सँगसँगै प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गरेको जिकीर गरिन् ।

उक्त अवसरमा आर्किटेक्टका विद्यार्थीहरुले थेसिस प्रदर्शनी समेत गरेका थिए ।

For more: NEC’s Kaleidoscope 2024


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts