एनसीएचएल र स्मार्ट च्वाइस टेक्नोलोजीबीच नेपालपे कार्डका लागि समझदारी

NCHL Partners SCT
Share It On:

१३ कात्तिक, काठमाडौं ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच नेपालको डोमेस्टिक कार्ड स्किम नेपालपे कार्डको जारीकर्ता र एक्वायरका लागि पूर्वाधार निर्माण गर्न समझदारी भएको छ।

NCHL Partner SCT

यस समझदारीपत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकको निर्देशनमा एनसीएचएलले अगाडि बढाएको नेसनल पेमेन्ट स्वीच (एनपीएस) परियोजनाको दोस्रो चरणमा यो समझदारी मुख्य भूमिका खेल्नेछ।

एनपीएसले नेपालको आफ्नै नेसनल कार्ड स्वीचमार्फत वित्तीय सेवा र भुगतान प्रक्रियामा आधुनिकताको प्रवर्द्धन गर्दै नेपालपे कार्डलाई व्यवहारमा ल्याउने योजना बनाएको छ।

यस समझदारी अन्तर्गत, एससीटीले आफ्नो प्रणालीमा आवश्यक स्तरोन्नति गरी नेपालपे कार्डलाई जारी र एक्वायर गर्ने वातावरण तयार गर्नेछ।

सञ्चालनमा आएपछि नेपालपे कार्डको राउटिङ, स्विचिङ, र सेटलमेन्ट प्रक्रिया एनसीएचएलको नेसनल पेमेन्ट स्वीच मार्फत हुनेछ।

यसले नेपालभरी डिजिटल भुगतानको दायरा र सुविधा बढाउन योगदान पुर्याउनेछ।

For more: NCHL Partner SCT


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts