चाडको समयावधिमा मोबाईल मार्फत फण्ड ट्रान्स्फर अब निशुल्क

NCHL Free Fund transfer

१८ असोज २०७८, काठमाडौं ।

आउँदै गरेको दशैँ , तिहार तथा छठ लगायतको चाड पर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाईलबाट गरिने फण्ड ट्रान्स्फरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ connect-IPS को मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको connect-IPS फण्ड ट्रान्स्फर तथा connect-IPS मार्फत मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निशुल्क गरिएको छ । connect-IPS को बढ्दो प्रयोग तथा मोबाईलबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्र्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको हो । यस प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्स्फरमा मोबाईल प्ल्याट्फर्मको प्रयोग थप वृद्धि हुने विश्वास गरिएको छ ।

फण्ड ट्रान्स्फर लगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याट्फर्मबाट गर्न सकिने यस connect-IPS ले गत आर्थिक वर्षमा ने. रु. १३.६ खर्ब बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्ष (भाद्र मसान्तसम्म) मा ने. रु. ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ ।

हाल यस प्रणालीमा जम्मा ५४ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । बैंक वित्तिय संस्थाका ग्राहकहरुले www.connectips.com मा वा यसको मोबाईल एप मार्फत अन्लाईन रजिष्टर गरी सेवा लिन सक्नुका साथै बैंक वित्तिय संस्थाका आफ्नै मोबाईल बैंकिङ्गमा रहेको छुट्टै रजिष्टर गर्नु नपर्ने connectI-PS फण्ड ट्रान्स्फर अप्सन मार्फत पनि सो सेवाको प्रयोग गर्न सक्दछन् ।

१४ भन्दा बढी डिजिटल वालेटका प्रयोगकर्ताले पनि connect-IPS मार्फत सोझै बैंक खाताबाट फण्ड लोड गर्न सक्दछन् । connect-IPS को मोबाईल एप मार्फत प्रति कारोबार रु १ लाख तथा प्रति दिन रु २ लाख सम्म कारोबार गर्न सकिन्छ भने मोबाईल बैंकिङ्गबाट फण्ड ट्रान्स्फरमा भने बैंक वित्तिय संस्थाले रु ५० हजार देखि २ लाख सम्म कारोबार सीमा प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here