NCHL द्वारा Connect-IPS को कारोबार शुल्क घटाइयो

NCHL Transaction Fees

१५ मंसिर २०७८, काठमाडौं ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले २०७८ मंसिर ७ गते बाट लागू हुने गरी कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ।

नयाँ कारोबार शुल्क अनुरुप बैंक / वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम ने.रु.२ देखि ८ सम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

रु.५०० सम्मको भुक्तानीमा प्रति कारोबार शुल्क रु.२, रु.५०० भन्दा माथि रु.५,००० सम्म प्रति कारोबार शुल्क रु.४ र रु.५,००० भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क रु.८ लागू हुने भएको छ ।

यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्टआईपीएस वेब / मोबाईल एप, बैंक÷वित्तिय संस्थाका मोबाईल / इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड / विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क रु २ देखि ५ कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्र्घनका निम्ती एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ ।

हालै नेपाल राष्ट्र बैंकबाट बैंक÷वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबर शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ त्यसै गरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या ११७,०१२ तथा रकमको आधारमा दैनिक औसत रु ८.३ अर्ब बराबरको रहेको छ ।

कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने छ ।

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारीमा उपलब्ध गराउने एनसीएचएलको सिद्धान्त बमोजिम एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) अन्तर्बैंक विद्युतीय भुक्तानी (NCHL-IPS), connect-IPS e-Payment, connect-RTGS, National Payments Interface (NPI) र CORPORATEPAY लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पु¥याउदै आएको छ ।

हाल कार्यान्वयन हुन गइरहेको नेशनल पेमेन्ट स्वीच मार्फत विभिन्न भुक्तानी पूर्वाधार, सेवा, प्रणाली एवम् उपरकरण बीच अन्तरआबद्धता कायम गर्न आवश्यक समन्वयका निम्ती पनि एनसीएचएलले सदस्य बैंक / वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकसँग सहकार्यता गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here