बैंकका ग्राहकका लागि निःशुल्क इन्टर्नेट प्याकेज दिने सम्झौता

Ncell Signs With Sanima Bank
Share It On:

२८ मंसिर २०७७, काठमाडौं ।

सानिमा बैंक र एनसेल बीच बैंकका ग्राहकका लागि निःशुल्क सिम कार्डका साथै निःशुल्क इन्टर्नेट प्याकेज दिने सम्झौता सानिमा बैंक र एनसेल आजियाटा लिमिटेड बीच सानिमा बैंकको मोबाइलएप् प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टर्नेट प्याकेज दिने सम्झौता भएको छ।

एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप्  सेवा लिने बैंकका सेवा ग्राहीहरुलाई करिब रु. ३०० बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिने छ।

साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टर्नेट प्राप्त गर्नेछन् । सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । सानिमा बैंकले आप्mनो बचत खाताहरुमा बीमाको सुबिधाको साथै उच्चत्तम ब्याज दिंदै आइरहेको छ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टरर ८२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *