२५ जेठ, काठमाडौं।
यो नेपालमै पहिलो पटक एनसेलले ल्याएको एउटा विशेष प्याक हो जसमा तपाईंहरुले data, call र SMS सबै सुविधा पाउनु हुनेछ। साथै हरेक चोटि यो प्याक लिंदा Facebook, Instagram र YouTube को लागि निशुल्क social data पनि पाउनु हुनेछ। अब तपाईंहरुले data, call र SMS को लागि छुट्टाछुट्टै प्याक लिनु पर्दैन। एउटैमा सबै सुविधा भएको रु. ९८ देखि रु. १४९९ सम्मको सधैं ON प्याक मध्ये कुनै एक प्याक लिए पुग्छ।
सधैं ON प्याकमा किन ON रहने?
अब तपाईंले डाटा सकिएपछि ब्यालेन्स काटिने चिन्ता लिनै पर्दैन , किनकि तपाईंहरुको सजिलोको लागि सधैं ON प्याक सुचारु गरिसकेपछि मेन ब्यालेन्स प्रयोग भई डाटा चल्ने छैन। त्यसैले अब देखि एनसेल डाटा बिना कुनै चिन्ता ढुक्क भएर सधैं ON राख्न सक्नुहुनेछ।
सधैं ON प्याकको carryover सुविधा के हो?
भ्यालिडिटी नसकिँदै फेरि प्याक खरिद गर्दा पहिला लिएको प्याकमा बाँकी रहेको भोल्युम (data, call र SMS) थपिएर आउने सुविधालाई carryover सुविधा भनिन्छ।
नोट : 200GB data , 2000 minute call र 2000 SMS सम्म जम्मा हुनेछ।
सधैं ON प्याक कसरी खरिद गर्न सकिन्छ?
यो प्याक तपाईंहरुले तल उल्लेखित विभिन्न माध्यमबाट खरिद गर्न सक्नुहुन्छ।
- *123# डायल गरेर
- एनसेल एप वा वेबसाईटमा गएर
- एनसेल सेन्टर वा आधिकारिक विक्रेताबाट
- खल्ति वा ईसेवा जस्तो अनलाइन माध्यमबाट
- के मैले यो प्याक पुनः खरिद गर्न सक्छु वा अर्को पटक अर्कै Sadhain ON प्याक रोजेर किन्न सक्छु?
खरिद गरेको प्याकको भ्यालिडिटी सकिएपछि तपाईंले त्यहि प्याक पुनः खरिद गर्न पनि सक्नुहुन्छ वा आफ्नो आवश्यकता अनुसार रोजेर अन्य कुनै सधैं ON प्याक लिन पनि सक्नुहुन्छ तर carryover सुविधाको लागि तपाईंले भ्यालिडिटी सकिनु अगाडी प्याक खरिद गर्नुपर्ने हुन्छ।
सधैं ON प्याक बारे थप जानकारीका लागि https://www.ncell.com.np/en/individual/offers/sadhain-on मा जानुहोस्।