एनसेलको ‘नयाँ सजिलो सिम’ प्याक

Ncell an Axiata Company

काठमाडौं, साउन ८, २०७७

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँथिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ। यो सिमलिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन्।
नयाँ ग्राहकहरुले कर सहित मात्र रु ९९ मा यो सिमलिन सक्छन्। यो योजनाअन्तर्गत ग्राहकले सिमलिदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्ष सम्म रिचार्ज गर्दा बोनस डेटा पाउँछन्।

एनसेलको ‘नयाँ सजिलो सिम’

  • नयाँथिम ‘प्लस’अन्तर्गतको आकर्षक स्टार्टर प्याक
  • भ्वाइस र डेटा सेवाको बन्डल
  • पहिलो रिचार्ज रप्रत्येक रु १०० को खर्चमा बोनस डेटा

यो नयाँ सिम लिदा ग्राहकले रु २० मेन ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउँछन्। यसरी सिम सँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुनेछ।

यो नयाँ सिमको प्रमुख विषेशता भनेको सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन्। ग्राहकले सिम लिएको दिनको भोलि पल्ट मध्यरात सम्ममा रु १०० वा सो भन्दा बढिको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबीअल टाइम अल नेटवर्क र २५० एमबीफोरजी डेटा) बोनस स्वरुप पाउँछन्। यो डेटाको समयावधि ५ दिन रहेको छ।

यसका साथै, ग्राहकले प्रत्येक रु १०० मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा ((१०० एमबीअल टाइम अल नेटवर्क र १०० एमबीफोरजी डेटा) बोनस पाउँछन्। उदाहरणका लागि यदि यो सिमलिने ग्राहकहरुले भ्वाइस, डेटा वाएसएमएस सेवामा रु १०० खर्च गरेमा उनीहरुले बोनस डेटा २०० एमबी पाउँछन्। यसरी प्राप्तहुने बोनस डेटा ३ दिनका लागि मान्य रहन्छ।

यो नयाँ सिम लिनका लागि पहिचान प्रमाणिकरणका निमित्त सकल सहित नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमति पत्र वा राहदानीको फोटोकपी र पासपोर्ट साइजको फोटो एक प्रतिआवश्यक पर्दछ।

नयाँथिम ‘प्लस’अन्तर्गत‘ नयाँ सजिलो सिम’ स्टार्टर प्याकको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “ग्राहकहरुलाई डेटा सेवा प्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप सबै मोबाइल डेटा प्रयोगकर्ताका लागि यो नयाँ प्याक ल्याउन पाएकोमा हामी निकै हर्षित छौं।”

नयाँथिम ‘प्लस’ अन्तर्गत नै रहीएनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युबप्लस ’अफर, भ्वाइस सेवाको बढि आवश्यकता रहेका लागि ‘इन्डलेस कुराकानीप्लस’ र साथै ‘वायरफ्रीप्लस वाइफाइ’ सेवाको बुकिङ पनि सुरु गरी सकेको छ। ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here