एआईटीएम कलेजमा एनसेल कार्निभल: लाइभ कन्सर्टसँगै सिम कार्ड र प्याकहरूमा विशेष छुटको अवसर
८ फागुन, ललितपुर।
ललितपुर, सातदोबाटोस्थित एआईएटीएम कलेजमा शनिबार (फागुन ९ गते) एनसेल एआईटीएम कार्निभल आयोजना हुँदैछ । युवा लक्षित यो विशेष कार्यक्रममा गीतसंगीतलगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् ।
आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वरको आकर्षक सांगितिक प्रस्तुतिहरु रहने छन् । उनीहरूको लाइभ कन्सर्टका सार्थ अन्य नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरूको आयोजना हुनेछ ।
कार्यक्रममा सहभागी दर्शकहरूका लागि विभिन्न रमाइला खेलहरु, इन्टरएक्टिभ एक्टिभिटी तथा ग्यारेन्टी पुरस्कारको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा एनसेलले आफ्नो युवा सिमको विषेश स्टल पनि रहने छ जहाँ आगन्तुकले यो विषेश सिमका साथै एकदिने अनलिमिटेड प्याकमा ५० प्रतिशत छुटको सुविधा पाउनेछन् ।
यो कार्निभलमा एनसेल प्रमुख प्रायोजक रहेको छ भने एक्ट्रिम इनर्जी ड्रिङ्क, ईसेवा, जेन्ट्स पार्क र औरालगायतका ब्राण्डहरुले सहयोग गरेका छन् । विभिन्न ब्रान्ड स्टल, प्रमोशनल एक्टिभिटी तथा विशेष अफरहरू पनि कार्निभलको आकर्षणका रुपमा रहनेछन्।
एआईएमटी कलेजले यस कार्निभलमार्फत विद्यार्थी र युवाहरूलाई संगीत, उत्साह र अवसरको संगम एकै स्थानमा प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ।
For more: Ncell AITM Carnival



