नेशनल लाइफ र ग्राण्डी अस्पतालबीच सम्झौता: अब बीमा प्रस्तावकले पाउनेछन् छिटो र सहुलियतपूर्ण सेवा
९ वैशाख, काठमाडौं।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावक तथा कर्मचारीलाई स्वास्थ्य सेवा सहज बनाउन ग्राण्डी इन्टरनेशनल हस्पिटलसँग सम्झौता गरेको छ।
मिति २०८३ वैशाख ९ गते लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी अस्पतालका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल परीक्षण सहुलियत दरमा छिटो र सहज रूपमा उपलब्ध गराइनेछ। साथै मेडिकल रिपोर्ट पनि शीघ्र प्रदान गरिने व्यवस्था गरिएको छ।
यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीहरूले ग्राण्डी अस्पतालबाट १० प्रतिशत छुटसहित सहुलियत दरमा स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार यस सम्झौताले बीमा सेवा प्रक्रियालाई अझ छिटो, सहज र प्रभावकारी बनाउनेछ। साथै ग्राहक तथा कर्मचारीहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
यस प्रकारको सहकार्यबाट बीमा क्षेत्र र स्वास्थ्य सेवा दुवै क्षेत्रमा सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।
For More:-National Life Grande Partnership


