नेसनल आईसीटी स्कलरसिप २०७७ घोषणा

CAN FEDERATION

भदौ ३०, २०७७, काठमाडौं ।

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत २८ वर्ष देखि कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत दुई बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रबृतिको ‘नेसनल आईसीटी स्कलरसिप–२०७७’को लागी आवेदन खुल्ला गरेको छ।

क्यान महासंघले, राष्ट्र भित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्दै आएको विदितै छ।यो छात्रबृति काठमाण्डौंको मैतीदेविमा रहि विगत दुइृ दशक देखि सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज – लर्डबुद्ध एजुकेसन फाउन्डेसनसंगको सहकार्यमा शुरु गरिएको हो।यो छात्रबृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रबृद्धि प्रदान गर्न लागिएको हो।

‘नेसनल आईसीटी स्कलरसिप

२०७७ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरीने छ।ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकासमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ।विगत २ वर्ष देखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तरगत हाल सम्म २८ जना विद्यार्थीहरु अध्ययनरत छन्।

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चारजनाका दरले २८ जना छात्रालाई छात्रबृति प्रदान गरिने छ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रबृति प्रदान गरिने छ।

क्यान महासंघ र कलेज विच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले एक करोड ९६ लाख ४२ हजार पाँचसय रुपैयाँ बराबरको छात्रवृत्ति पाउने छन्।

छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संबंधनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गतवि. एस. सी. आईटी (BSc. IT ) को अध्ययन गर्न पाउने छन्।

नेपाल सरकारवाट मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंक सहित प्लसटु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंकल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन ।छात्रबृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन्।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत २०२० सेप्टेम्बर २५ तारिख भित्र आवेदन दिनु पर्नेछ। आवेदन दिँदा कक्षा १२ उत्तिर्ण गरिसकेकाहरुले कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि तथा कक्षा १२ को परिक्षा नभैसकेकाहरुले, कक्षा १२ मा अध्ययनरत रहेको प्रमाणका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिस पत्र पेस गर्नुपर्ने छ।

यस छात्रवृती मार्फतको विड महामारी वाबजुत पनि विपन्न वर्गका विद्यार्थीहरुलाई आफ्नो करियर बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष नवराज कुंवरले व्यक्त गर्नु भयो।

यो छात्रवृत्तिका निम्ति क्यान महासंघ संगको सहकार्यले डिजिटल-डिभाईड कम गर्न मद्दत पुग्ने र भविस्यमा यस्तै कार्यमा सार्वजनिक निजि साझेदारिको निम्ति प्रोत्साहन मिल्ने लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानले वताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here