६ असोज, काठमाडौं ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ। आर्थिक वर्ष २०८१/०८२ सालमा प्रदान गरिने विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि नास्टले आवेदन माग गरेको हो।
NAST Awards for Science and Technology
यस वर्ष नास्टले कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, प्रकृति संरक्षण पुरस्कार, विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, विज्ञान पुरस्कार, प्रविधि पुरस्कार, विज्ञान तथा प्रविधि युवा पुरस्कार, महिला विज्ञान तथा प्रविधि पुरस्कार, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार, विज्ञान शिक्षक पुरस्कार, उत्कृष्ट विद्यार्थी पुरस्कार, र गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गर्दैछ।
यस्तै, अनुसन्धानका लागि विशेष पुरस्कारहरू पनि प्रदान गरिनेछन्, जस्तै दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार, फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार, मोहनध्वज बस्नेत पुरस्कार (संस्थालाई), भुवनेश्वर प्रविधि पुरस्कार, जितबहादुर नकर्मी धातु प्रविधि पुरस्कार, र हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ पुरस्कार (सिभिल/स्ट्रक्चरल इन्जिनियरिङ)।
पुरस्कारका लागि आवेदन दिने अन्तिम समय आगामी कात्तिक ४ गते (अक्टोबर २०, २०२४) सम्म रहेको छ। आवेदन फाराम नास्टको आधिकारिक वेबसाइट www.nast.gov.np बाट डाउनलोड गर्न सकिन्छ। रीतपूर्वक प्राप्त नभएका तथा म्याद नाघी आएका निवेदन उपर कुनै कारबाही नगरिने जानकारी नास्टले गराएको छ।
यो कार्यक्रमले विज्ञान तथा प्रविधिमा नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्दै, नेपालमा प्रविधिको उन्नयनको मार्गमा महत्त्वपूर्ण योगदान गर्नेछ।
For more: NAST Awards for Science and Technology