नास आईटी अवार्ड २०२४ को लागि आवेदन खुला

NAS-IT Awards 2024
Share It On:

८ साउन काठमाडौं ।

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्ने भएको छ ।

नेपालको आइसिटी क्षेत्रमा इन्नोभेसन, उद्यमशीलता र प्राविधिक उपलब्धतालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले नास आईटी अवार्ड २०२४ आयोजना हुन लागेको हो ।

अवार्डका लागि बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात, लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका वि‌द्यार्थीका परियोजना विधामा आवेदन दिन सकिने छ ।

आवेदन आगामी भदौ ५ गतेसम्म दिन सकिने छ । नास आईटी अवार्डमा आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।

नास आईटी अवार्ड २०२४ का विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ ।

एपिक्टा अवार्डले अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम सहित १७ एशिया प्यासिफिक अर्थतन्त्रहरूका आइसिटी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्म प्रदान गर्दछ ।

नास आईटी अवार्ड २०२४ का लागि आवेदनहरू अहिले खुला छन् र आवेदनको अन्तिम मिति भाद्र ५  रहेको
छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts