८ साउन काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एसबी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले हस्ताक्षर गरेका हुन् ।
यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्याङ्कन, कर्जाका कागजातहरू र कर्जा स्वीकृतिको प्रक्रियाहरूलाई स्वचालित र डिजिटाइज गर्न मद्दत गर्ने छ ।
एसबी सोलुसन्स प्रालि फिनटेक र बैंकिङ उत्पादनहरू तथा प्रक्रियाहरूको कर्जा डिजिटाइजेशन र स्वचालनमा काम गर्दै आएको छ ।
यसमा क्रेडिट स्वचालन प्रणाली (क्रेडिटएक्स), अनलाइन कर्जा योग्यता, इन्टा लोन, पेडे लोन, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेताहरू व्यवस्थापन प्रणाली, व्यवसाय बैंकिङ प्रणाली र ग्यारेन्टीहरूको स्वचालन, मेमो व्यवस्थापन प्रणाली, बजेट व्यवस्थापन प्रणाली र मोबाइल अनुप्रयोग आदि जस्ता उत्पादनहरूको चयन गरिएको छ ।
हाल २५ भन्दा बढी वित्तीय संस्थानहरू र कर्पोरेट घरानाहरूले एसबी सोलुसन्स प्रालिद्वारा निर्मित प्रणालीहरू प्रयोग गर्दै आएका छन् ।