३० जेठ, काठमाडौं।
नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) नाडा अटो शोको १६ औँ संस्करण “नाडा अटो शो–२०२४’ आयोजना गरेको छ। नाडाले हरेक वर्ष गर्दै आईरहेको नाडा अटो शो यही भाद्र ११ देखि १६ गतेसम्म गर्न लागेको हो।
नाडाका अनुसार सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनी “नाडा अटो शो २०२४” काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा गर्न लागिएको हो। प्रदर्शनीको यही जेठ ३१ गते देखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने नाडाले जनाएको छ।
प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ । प्रदर्शनीमा २पाङग्रे, ३पाङग्रे, ४पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२४ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाको विश्वास रहेको छ ।