नबिल बैंकले ल्यायो शुन्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना
१० भदौ, काठमाडौं।
नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार ग्राहकले ‘एन बैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिई आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत नबिल क्रेडिट कार्ड प्रयोग गरी अतिरिक्त ब्याजबिनै किस्तामा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
आवेदनका लागि ग्राहकले एन बैंक एपमा लगइन गरी ‘एन बैंक मार्केटप्लेस’ भित्र रहेको ‘बाइ नाउ पे लेटर’ विकल्प चयन गर्नुपर्नेछ ।
त्यसपछि मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण, ओटीपी प्रविष्ट, नबिल क्रेडिट कार्ड छनोट, आफूले चाहेको बिक्री केन्द्र र आईफोन मोडल चयन गरी आवश्यक विवरण भरेपछि पिन प्रविष्ट गरेर आवेदन पुष्टि गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
For More: Nabil Bank iPhone Financing

