मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित

Muktinath Bizz Award

४ साउन २०७९, काठमाडौं ।

WORLD CONFEDERATION OF BUSINESS (WORLDCOB) द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड “ द बिज अवार्ड २०२२” द्वारा विभिन्न ६ विघाहरु मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको छ ।

सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा “Business Excellence Certificate” द्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि Business Excellence Certificate” WORLDCOB  ले सम्मानित गरेको हो ।

यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ ।

बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने “ग्लोबल एसएमई अवार्ड २०२१” को SME Financier of The Year- Asia  विधामा पनि बैंक सम्मानित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here