मुक्तिनाथ विकास बैंक चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा चौथोपटक पुरस्कृत

Muktinath Bikas Bank Wins ICAN's Best Annual Report Award 
Muktinath Bikas Bank Wins ICAN's Best Annual Report Award 

९ साउन, काठमाडौं ।

आईक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । मुक्तिनाथ विकास बैंक विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७८/०७९ को गोल्ड अवार्डबाट सम्मानित भएको हो ।

सो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरी लगातार चौथोपटक पुरस्कृत भएको हो । आईक्यानले बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न चार विधामा प्रस्तुत गरेको थियो ।

बैंकिङ क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरू), शक्ति र ऊर्जा क्षेत्र र निर्माण क्षेत्रलगायतका विधामा आईक्यानले अवार्ड प्रदान गर्दै आइरहेको छ ।

गत शुक्रबार काठमाडौंमा आइक्यानले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो। उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here