२९ असोज, काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले आइडी नेपालसँग वित्तीय समावेशीकरण प्रवर्द्धन र तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्नका लागि सहकार्य गरेको छ। उक्त समझदारी पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडी नेपालका कन्ट्री डाइरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका थिए।
यो साझेदारीले नेपालमा विद्यमान सामाजिक र आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न र दिगो विकासमा योगदान पुर्याउन मद्दत गर्नेछ। वित्तीय सुधारसहितको समावेशिता, ग्रामीण विकासमा टेवा, साना किसानहरूको प्रोत्साहन, खाद्य सुरक्षा चेतना, जलवायु परिवर्तनसँग जुध्न र गरिबी न्यूनीकरण जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा यसले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
दुवै संस्थाहरूको यो सहकार्यले समग्र ग्रामीण क्षेत्रको आर्थिक विकास र वित्तीय साक्षरता अभिवृद्धिमा ठुलो प्रभाव पार्ने विश्वास गरिएको छ। यसले ग्रामीण समुदायलाई सशक्त पार्दै देशको दिगो विकासको मार्गमा टेवा पुर्याउने लक्ष्य लिएको छ।
For more: Muktinath Bikas Bank Partners ID Nepal